जापान रेमिट फाईनान्सको ‘ब्राण्ड एम्बेसडर’ बने रवि ओड
टोकियो,जापान,भदौ,१२-जापान रेमिट फाईनान्सले लोकप्रिय गायक तथा सिजन-२ नेपाल आइडलको विजेता रवि ओडलाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको छ।रविसँगको सहकार्यले जापानमा रहेका नेपालीहरूका लागि जापान रेमिट फाईनान्सबाट रेमिटेन्स सेवाहरूमा प्रवर्द्धन गर्ने र चेतना जगाउने उद्देश्य रहेको कम्पनीले जनाएको छ।
ब्राण्ड एम्बेसडर नियुक्तिको एक कार्यक्रममा जापान रेमिट फाईनन्सका म्यानेजर ऋषी आचार्यले भन्नुभयो, ‘रेमिट्यान्स सेवालाई सबै नेपालीका लागि सरल,सहज र पहुँचयोग्य बनाउने हाम्रो लक्ष्यलाई प्रवर्द्धन गर्नको निम्ति रवि ओडसंग साझेदारी गर्न पाउँदा हामी निकै उत्साहित भएकै छौँ।रवि ओड धेरैको मन मस्तिष्कमा बस्न सफल भएका लोकप्रिय कलाकार हुन् र हामी विश्वास गर्छौँ,कि उहाँको यो साझेदारीले हाम्रो दृश्यतालाई उल्लेखनीय रूपमा बढवा दिनेछ र हाम्रो सेवालाई अझै लोकप्रिय बनाउनेछ’ भन्नेमा हामी विस्वस्त रहेका छौं।
लोकप्रिय गायक रवि ओडको भिडीयो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोस्।
यसैविच:जापान रेमिट फाईनान्सको ब्राण्ड एम्बेसडर नियुक्त हुनु भएका रवि ओडले पनि आफू जापानको प्रत्यसित रेमिट्यान्स कम्पनी संग जोडिएर ब्राण्ड एम्बेसडर हुन पाउदा निकै खुशी लागेको बताउनुभयो।उहाँले भन्नुभयो,‘मैले यस कम्पनीका लागी सके तनमन लगाएर जापानमा रहेका सम्पुर्ण नेपाली र नेपालबाट जापान जाने नयाँ नेपालीहरुलाई जापान रेमिट फाईनान्सबाटै रेमिट्यान गरौं भन्ने सन्देश सहित प्रवर्द्धन गर्ने उद्देश्य रहेको बताउनुभयो।
अन्तमा उहाँले भन्नुभयो सामान्य अवस्थादेखि यहाँसम्म आउँदा जापानमा रहेका सम्पुर्ण प्रवासी नेपाली समक्ष आफू यसरी जोडिन पाउँदा आफूलाई निकै सौभाग्य ठानेको बताउनुभयो।
यसैगरी:विगत लामो समय देखी जापान रेमिट फाईनान्स (जेआरएफ) द्धारा जापान लगायत विश्वका विभिन्न मुलुकमा पैसा पठाउन सकिन्छ।जापानको टोकियोमा सन् २०१२ बाट सञ्चालनमा आएको यस रेमिट्यान्सले विश्वका १६४ मुलुकमा पैसा पठाउने गर्दछ।

विगत १२ वर्ष देखी विभिन्न मुलुकका सेवाग्राहीलाई जापान देखी उच्च विनिमय दररेटमा सेवा दिदै आईरहेको यस रेमिट्यान्स कम्पनीले सेवाग्राहीको कामलाई अझ सजिलो तरिकाले छिटो र सहज बनाउको लागी विभिन्न आफ्नो जेआरएफ कार्ड (JRF Card) हरु पनि लन्च गर्दै आईरहेको छ ।
अहिले सेवाग्राहीले जेआरएफ ईको कार्ड (JRF ECO CARD)र जेआरएफ बल्याक कार्ड (JRF BLACK CARD)अत्याधिक मात्रामा रुचाउदै प्रयोग गरिरहनु भएको छ।
पछिल्लो समय जापान रेमिट फाईनान्सको मोबाईल एप्लिकेशन JRF WALLET बाट त झनै सबै किरा घरमै बसी बसी गर्न सकिने भएको हुदाँ सबैको रोजाईमा पर्न सफल भएको छ। मोबाईल एप्लिकेशनबाट नेपालमा ईसेवा,खल्ती पे,आईएमई पो, प्रभु पे मा उच्च विनिमयदरमा सहजै पैसा पठाउन मिल्ने भएको हुदाँ सेवाग्राहीलाई निकै सहज भएको छ।
जापान रेमिट फाईनान्सको मोबाईल एप्लिकेशन JRF WALLET बाट पैसा पठाउन र पैसा झिक्न पनि मिल्ने छ।तथा वालेट मार्फत जापानको बैंकहरुमा पनि डोमेस्टिक बैंकिङ् कारोबार गर्न सकिने छ।
Related Posts
Heartfelt thanks to the customers at 13th Fukuoka…
We would like to express our heartfelt gratitude…
Japan Remit Finance: Delivering More Than Money
Most Read Article

Fast, Simple and Secured way of remittance. You can
send money anytime and on the go
![]()







