सम्पूर्णमा हार्दिक धन्यवाद आभार व्यक्त गर्दछौ ॥

NAGOYA, JUN, 11-सम्पूर्णमा हार्दिक धन्यवाद आभार व्यक्त गर्दछौ ॥
नागोया फेस्टिवलमा आएर जापान रेमिट फाईनान्स (JRF) को सदस्य (Member) बन्नु हुने सबैजनालाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौ !!
फेस्टिवलमा आएर हामीलाई देखाउनु भएको यो सदासय माया प्रती हामी अत्यन्तै गौरावान्वित भएका छौं।तपाईहरुले दिनुभएको यो हार्दिकतालाई हामी सधैं बर्कराएर राख्ने छौं। हामीलाई यसले अझै केहि गर्ने हौसला,जोस जाँगर र उत्प्रेणा मिलेको छ।नागोया फेस्टिवलमा आएर जुन किसिमले हाम्रो मेम्बर बन्ने ईच्छा जाहेर गर्नु भयो यो मानेमा हामी अत्यन्तै उत्साहित भएका छौं।आगामी दिनहरुमा पनि बढी भन्दा बढी यहाँहरुको निरन्तर सेवा गर्ने सुनौलो अवसर मिल्नेछ भन्नेमा हामी विस्वस्त छौं।
तसर्थ : नागोया फेस्टिवलमा आएर आफू पनि मेम्बर बन्दै आफ्ना साथीभाई तथा आफन्तहरुलाई पनि यहाँ आएर जापान रेमिट फाईनान्स राम्रो छ है भन्दै मेम्बर बन्न उत्प्रेरित गर्नुहुने सबै प्रति नमन गर्दै हार्दिक सादर धन्यवाद व्यक्त गर्दछौ।
पुनश्च : नागोया फेस्टिवलमा घामपानी नभनी ईमान्दारी तथा कर्मनिष्ठ भएर अहोरात्र खटिनु हुने सम्पुर्ण कर्मचारी ज्यू लाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौ।यहाँहरुको यो लगनसिलता लाई कहिल्यै मर्न दिने छैनौं,आगामी दिनहरुमा पनि यस्तै किसिमको जोसिलो उर्जा र मेहेनतको अपेक्षा राख्दछौं॥
अन्तमा : नागोया फेस्टिवलमा आएर कति पय जना त हाम्रो मेम्बर बन्न ईच्छा राख्दा राख्दै पनि समयको कारण बन्न सक्नु भएन यसमा हामी अत्यन्तै दु:खी छौ।यसमाने मा “हामी बाट कहि कतै त्रुटी हुन गएको खण्डमा या भनौं समय दिन नसकेको भए हामी क्षमा प्राथी छौ॥
फेरी पनि नागोया फेस्टिवलमा आएर मेम्बर बन्नु हुने सबैजना प्रति हार्दिक नमन तथा धन्यवाद व्यक्त गर्दछौं,यहाँहरुको यो सदासय माया र हार्दिकताको हामी सधैब कदर गर्ने छौं।हाम्रो लागी यो अविस्मरणीय क्षण र यादगार पल रहि रहने छ।
धन्यवाद नागोया ।। फेरी भेटौला !!
THANK YOU NAGOYA !! SEE YOU AGAIN !!
Related Posts
Japan Remit Finance Strengthens Team Spirit Through 2026…
Heartfelt thanks to the customers at 13th Fukuoka…
We would like to express our heartfelt gratitude…
Most Read Article

Fast, Simple and Secured way of remittance. You can
send money anytime and on the go
![]()







