Loading...
MovingAnnouncementLiving AbroadMoney TransferNewsProductsPromotionsTravel

माचुदो नेपाल साँस्कृतीक मेलामा आएर JRF को मेम्बर बन्नु भएकोमा हार्दिक धन्यवाद ॥

चिबा,जापान,असोज,१०- चिवा स्थित माचुदो स्टेशन नजिकै माचुदो नेपाल साँस्कृतीक मेला २०२४ मा आएर जापान रेमिट फाईनान्स (JRF) को सदस्य (Member) बन्नु हुने सबैजनालाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौ !!

फेस्टिवलमा आएर हामीलाई देखाउनु भएको यो सदासय माया प्रती हामी अत्यन्तै गौरावान्वित भएका छौं।तपाईहरुले दिनुभएको यो हार्दिकतालाई हामी सधैं बर्कराएर राख्ने छौं।

हामीलाई यसले अझै केहि गर्ने हौसला,जोस जाँगर र उत्प्रेणा मिलेको छ।माचुदो नेपाल साँस्कृतीक मेलामा आएर जुन किसिमले हाम्रो मेम्बर बन्ने ईच्छा जाहेर गर्नु भयो यो मानेमा हामी अत्यन्तै उत्साहित भएका छौं।आगामी दिनहरुमा पनि बढी भन्दा बढी यहाँहरुको निरन्तर सेवा गर्ने सुनौलो अवसर मिल्नेछ भन्नेमा हामी विस्वस्त छौं।

तसर्थ : माचुदो नेपाल साँस्कृतिक फेस्टिवलमा आएर आफू पनि मेम्बर बन्दै आफ्ना साथीभाई तथा आफन्तहरुलाई पनि यहाँ आएर जापान रेमिट फाईनान्स राम्रो छ है भन्दै मेम्बर बन्न उत्प्रेरित गर्नुहुने सबै प्रति नमन गर्दै हार्दिक सादर धन्यवाद व्यक्त गर्दछौ। पुनश्च : माचुदो नेपाल फेस्टिवलमा घामपानी नभनी ईमान्दारी तथा कर्मनिष्ठ भएर अहोरात्र खटिनु हुने सम्पुर्ण कर्मचारी ज्यू लाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौ।यहाँहरुको यो लगनसिलता लाई कहिल्यै मर्न दिने छैनौं,आगामी दिनहरुमा पनि यस्तै किसिमको जोसिलो उर्जा र मेहेनतको अपेक्षा राख्दछौं॥

अन्तमा : चिवा फेस्टिवलमा आएर कतिपय जना त हाम्रो मेम्बर बन्न ईच्छा राख्दा राख्दै पनि समय अभावको कारण बन्न सक्नु भएन यसमा हामी अत्यन्तै दु:खी छौ।यसमानेमा “हामी बाट कहि कतै त्रुटी हुन गएको खण्डमा या भनौं समय दिन नसकेको भए हामी क्षमा प्राथी छौ॥ फेरी पनि चिवा फेस्टिवलमा आएर मेम्बर बन्नु हुने सबैजना प्रति हार्दिक नमन तथा धन्यवाद व्यक्त गर्दछौं,यहाँहरुको यो सदासय माया र हार्दिकताको हामी सधैब कदर गर्ने छौं।

THANK YOU CHIBA !!
चिवा फेस्टिवलमा देखिएका केहि अविस्मरणीय तस्विरहरु !!

                  

   

         

     

   

 

 

   

 


Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *




যোগাযোগ করুন


Fast, Simple and Secured way of remittance. You can

send money anytime and on the go